नेपाली ईसाईहरुलाई ख्रीष्टिय उत्साह
'उत्साह' ख्रीष्टिय मासिक पत्रिका नेपाली विश्वासीहरुको उत्साह र आशिषको लागि तयार पारिएको पत्रिका हो। यस मासिक पत्रिकामा उत्साहपूर्ण र आशिषपूर्ण प्रवचनहरुका साथसाथै विभन्न ख्रीष्टिय लेख र साहित्यहरु समावेश गरिएका छन्। यसका साथसाथै विश्वासीहरुको जीवन साक्षीहरु र प्रार्थना विषयहरु पनि यस पत्रिकामा राखिएका छन्। यी विभिन्न ख्रीष्टिय र बाइबलीय लेख सामग्रीहरुको मुख्य अभिप्राय भने नेपाली इसाईहरुलाई उत्साह दिनु नै हो।